Breaking News.... EverestOnlineKhabar
May 1, 2026

ए डिभिजन लिगमा हिमालयन शेर्पा लगातार दोस्रो जित निकाल्न सफल

Loading

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पा लगातार दोस्रो जित निकाल्न सफल भएको छ । सशस्त्र प्रहरीबलको हलचोक मैदानमा भएको खेलमा जावलाखेललाई २—१ गोल अन्तरले पराजित गरेको हिमालयन शेर्पा क्लब अंक तालिकामा बलियो देखिएको छ ।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको हिमालयन शेर्पाले दोस्रो हाफमा दुई गोल गर्दै जित निकाल्न सफल भयो । हिमालयनको जितका लागि कर्ण लिम्बू नायक बने । उनले खेलको ६४ औं र ७४ औं मिनेटमा गोल गर्दै टिमलाई उत्कृष्ट लय दिएका थिए ।

जितसँगै हिमालयन शेर्पाको ७ अंक बनाएको छ भने लगातार ३ खेलमा पराजित जावलाखेलले अंक तालिकामा खाता खोल्न सकेको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed