Breaking News.... EverestOnlineKhabar
April 30, 2026

हुकुमी शैली त्याग्न देउवालाई केसीको सुझाव, कांग्रेसमा सामुहिक नेतृत्व अपरिहार्य

Loading

रुपन्देही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले पार्टी नेतृत्व प्रजातान्त्रिक ढङ्गबाट नभई निरङ्कुश ढङ्गबाट चलेको आरोप लगाएका छन् ।

नेपाल प्रेस युनियन रुपन्देहीले  बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टी संस्थामुखी नभई व्यक्तिमुखी भएको भन्दै व्यक्तिप्रधान भएर गरिएका निर्णय मान्य नहुने प्रष्ट पारे । उनले सभापति देउवालाई हुकुमी शैली त्याग्न सुझावसमेत दिए ।

पार्टी पदाधिकारीमा सामूहिक नेतृत्वमा जानुपर्ने भन्दै उनले व्यक्तिमुखी हुँदा नेपाल विद्यार्थी सङ्घ पनि संस्थागत हुन नसकेको दाबी गरे ।
उनले पार्टी संस्थागत संरचनाको नयाँ दिशामा प्रवेश गर्न लागेकाले आगामी दिनमा विधि र प्रक्रियासम्मत ढङ्गले अगाडि बढ्ने बताए ।

नेता केसीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पूर्ण कार्यान्वयनका लागि सरकार नै अनिच्छुक देखिएकाले गणतन्त्र संस्थागत हुन नसकेको धारणा राखे । प्रधानमन्त्री केपी ओली अधिनायकवादी शैलीमा अघि बढेको उनको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed