![]()
डडेल्धुरा। डडेल्धुराबाट डोटी जाँदै गरेको स्कूल बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । डा. केआई सिंह राजमार्गअन्तर्गत डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रडुवा खोलामा बस दुर्घटनामा परेको हो ।
डडेल्धुरा सदरमुकामस्थित उग्रताराको मन्दिरमा लागेको मेला भर्न आएका व्यक्ति सवार स्कूल बस दुर्घटनामा परेको हो । मेला भरेर फर्किने क्रममा बस दुर्घटनामा परेको जनाइएको छ । बसमा करिब ४० जनाजति सवार रहेको जनाइएको छ । बस सडकबाट करिब ३०० मिटर तल खोलामा खसेको जनाइएको छ ।
मृत्यु हुनेको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । घाइतेहरुको उद्दार गरी उपचारका लागि डडेल्धुरा सदरमुकामस्थित उप क्षेत्रीय अस्पताल पठाइएको छ ।


