Breaking News.... EverestOnlineKhabar
April 30, 2026

राष्ट्रपतिका लागि किन्न लागेको एउटै गाडीको मूल्य १८ करोड नभएको सरकारको स्पष्टोक्ति

Loading

काठमाडौं । सरकारले राष्ट्रपतिको गाडी खरिद प्रकरणबारे स्पष्ट पारेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीलाई १८ करोडको सवारी किन्न लागिएको भन्दै सामाजिक सञ्जालमा समेत व्यापक विरोध भएपछि बिहीबार पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बाँस्कोटाले उक्त विषयको खण्डन गरेका हुन्।

मन्त्री बाँस्कोटाले १८ करोड एउटै गाडीको मूल्य नभई बुलेट प्रुफ गाडीसँगै अगुवा पछुवा र एम्बुलेन्सको लागि समेत भएको बताए । राष्ट्रपति र उपराष्ट्रपतिबाट यस्तो चाहियो, भनेर कहिल्यै माग नभएको दाबी गर्दै मन्त्री बाँस्कोटाले यो सरकारको दायित्व भएको उल्लेख गरे।

गणतन्त्रको जीवित संकेत नै राष्ट्रपति, उपराष्ट्रपति रहेको उल्लेख गर्दै मन्त्री बाँस्कोटाले लोकतान्त्रिक गणतन्त्र मन नपराउनेहरुले नकारात्मक प्रचार गरेको उनको आरोप थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed