![]()
काठमाडौं। प्रमुख प्रतिपक्ष दल काँग्रेसले सरकारको नौ महिने अवधि पूर्णत असफल रहेको निष्कर्ष निकालेको छ । बिहीबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको नौ महिनामा मुख्य नौ प्रश्नमा सही जवाफ पस्कन नसकेको भन्दै संघीयता कार्यान्वयन, शान्ति सुरक्षा, सुशासन, मुल्यवृद्धि नियन्त्रण लगायतका कुनैपनि विषयमा सरकार सफलतातर्फको बाटोमा जान नसकेको बताए ।
पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले वर्तमान सरकार गठन भएको ९ महिना पुगेपनि ‘नेपाल देशमा सरकार छ ? छ भने कहाँ छ ?’ भनेर छोटो तर कारुणीक प्रश्न सार्वजनिक गर्नुपर्ने अवस्था बनेको बताए ।
वर्तमान सरकारको ९ महिना
यो ९ महिनामा मुख्य ९ प्रश्नमा सहि जवाफ पस्कन सरकार असफल भएको वस्तुगत तथ्य जगजाहेर छ ।
(क) लोकतान्त्रिक संस्कृतिः लोकतान्त्रिक प्रकृयाको चर्चा मात्रै त्यसको मानक किमार्थ होइन ।
(ख) राष्ट्रवादः पुरानो दावी र पछिल्लो स्थितिको तुलना ∕
(ग) संघीयता : कम्यूनिष्ट दर्शनले नहिडेको बाटो, असफल तुल्याउने सुनिश्चित षडयन्त्र ?
(घ) सुसासनः नमच्चीने पिङको सय झड्का ∕
(ङ) बजारमूल्यः कम्युनिष्ट सरकार बन्न अघि ०७४ माघ महिनाको बजार मूल्यसँग तुलना गर्दा सहज ∕
(च) शान्ति सुरक्षाः प्रधानमन्त्रीकै निर्वाचन क्षेत्रमा २ को हत्या ∕
(छ) न्यायालयः साझा आस्थाको थलोमा राजनैतिक आस्थाको अतिक्रमण ∕
(झ) संविधानप्रति अपनत्व विस्तारः सत्तालाई बलियो बनाउन वार्गेनिङ्ग चिप्स, प्रगति शुन्य ∕
(ञ) समृद्धि यात्राः विना प्रतिस्पर्धा गेजुवालाई वुढी गण्डकी । निजगढ विमानस्थल कागजमै अलमल, केरुङ–काठमाण्डौं–रक्सौल, रेल चर्चा फायलमा बन्द ∕
काँग्रेसले आगामी मंसिर २८ देखि पुष ३ सम्म काठमाडौमा हुने नेपाली काँग्रेसको महासमिति वैठकको तयारी तिव्र गतिमा भई रहेको जनाएको छ । काँग्रेस प्रवक्ता शर्माले महासमितिमा प्रस्तुत गर्ने राजनैतिक दस्तावेज एवं पार्टीको आर्थिक नितिका सम्वन्धमा प्रदेशस्तरीय अलगअलग छलफल सम्पन्न भएको बताएका छन् ।


