![]()
काठमाडौं। हिमालयन बैंकले मोबाइल बैंकिङ एप सञ्चालनमा ल्याएको छ। बैंकले मंसिर ४ गतेदेखि औपचारिक रुपमा मोबाइल बैंकिङ एप सञ्चालनमा ल्याएको हो।
‘हेएर इज योर न्यू बैंक’ तथा ‘बिग बैंक इन स्मल साइज’ नाराका साथ ल्याइएको एपको शुभारम्भ बैंकका वरिष्ठ महाप्रबन्धक इजाज कारिद गिलले गरेका हुन्। उक्त एपको प्रयोग गरेर ग्राहकले आफ्नो खाताबारे जानकारी लिने, चेक व्यवस्थापन गर्ने, आफूले उपभोग गरेको ऋणको बारेमा जानकारी लिन सकिने बैंकले जनाएको छ।
साथै एपबाट बैंक भित्रकै अर्को खातामा रकमान्तर गर्ने, विभिन्न बिलहरुको भुक्तानी गर्ने, आफ्नो खाताबाट भएको प्रत्यक कारोबारको जानकारी लिने लगायतका सुविधा लिन सकिने छ।
बैंकले हाल देशभर ५६ वटा शाखा र १ सय ८ वटा एटिएममार्फत ग्राहकलाई सेवा दिँदै आएको छ। साथै बैंकले चालू आर्थिक वर्षमा थप ६ वटा शाखा विस्तार गर्ने योजना रहेको जनाएको छ।


