Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

बीबीसी । अमेरिकाका प्रधानन्यायाधीश जन रोबर्ट्सले एउटा असाधारण कदम चाल्दै राष्ट्रपति डोनल्ड ट्रम्पको सार्वजनिक रूपमा आलोचना गरेका छन्। ट्रम्पले एक सङ्घीय न्यायाधीशले आफ्नो आदेशविपरीत फैसला गरेको झोकमा उनलाई ‘ओबामा पक्षधर’ को सङ्ज्ञा दिएपछि प्रधानन्यायाधीश रोबर्ट्सले उनको आलोचना गरेका हुन्।

आप्रवासीसम्बन्धी आफ्नो नीति उल्ट्याउने गरी फैसला भएकोमा राष्ट्रपति ट्रम्पले ती न्यायाधीश ओबामा पक्षधर भएको आरोप लगाएका थिए। तर उनको त्यस्तो आरोपको अमेरिकाको सर्वोच्च अदालतका प्रमुखले कडा प्रतिक्रिया दिए।

राष्ट्रपति ट्रम्पको विरोधमा प्रधानन्यायाधीशले प्रतिक्रिया दिएको यो पहिलो पटक हो। उनले समाचार संस्था एपीसँग कुरा गर्दै न्यायालयमा कोही ओबामा वा ट्रम्प पक्षधर न्यायाधीश नरहेको जनाए। तर प्रधानन्यायाधीश रोबर्ट्सले न्यायपालिकामा कोही कसैको पक्षधर न्यायाधीश नभएको भनी आलोचना गरेपछि पनि राष्ट्रपति ट्रम्पले आफ्नो टिप्पणीको बचाउ गर्दै प्रधानन्यायाधीश गलत भएको ट्वीट गरेका छन्।

उनले ‘ओबामा न्यायाधीशहरू’को दृष्टिकोण देशको सुरक्षाको नेतृत्व गर्नेहरूकोभन्दा निकै फरक भएको उल्लेख गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed