Breaking News.... EverestOnlineKhabar
May 1, 2026

आउँदो असार भित्रै शान्ति प्रक्रियामा सबै काम टुंंगिन्छन : प्रचण्ड

Loading

चितवन। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले शान्ति–प्रक्रियाका बाँकी कामहरु आगामी असारभित्रमा टुंगो लाग्ने बताएका छन् ।

बुधबार भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको चाहना र भनाइअनुसार नै शान्ति–प्रक्रियाका सबै काम टुंगो लाग्ने बताए ।

‘प्रधानमन्त्रीजीकै चाहनाको कुरा गर्दा उहाँले जसरी युनाइटेड नेसनमा, एसिया सोसाइटीमा, कोस्टारिकामा जस्तो स्टेटमेन्ट दिनुभएको छ, त्यसले शान्ति–प्रक्रियाको बाँकी कामहरु, पीडितहरुलाई परिपूरणका कुरा या बेपत्तासम्बन्धी कुराहरु आउने जेठ/असारसम्म सबै टुंगिन्छ’–उनले भने ।

अध्यक्ष दाहालले भरतपुर विमानस्थल विस्तारका विषयमा छलफल चलिरहेको उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed