Breaking News.... EverestOnlineKhabar
May 1, 2026

चीन : ‘गे सेक्स’ सम्बन्धी उपन्यास लेख्ने लेखिकालाई १० बर्ष जेल

Loading

बीबीसी । समलिंगी सम्बन्ध (गे सेक्स) बारे किताब लेखेको आरोपमा चीनमा एक लेखिकालाई जेल हालिएको छ। अन्हुई प्रान्तकी लिउ नाम गरेकी लेखिकालाई अश्लिल विषयमा किताब लेखेको आरोपमा १० वर्षको जेल सजाय सुनाइएको हो।

गत महिना अन्हुइ प्रान्तको जन अदालतले जेल हाल्ने फैसला सुनाएपनि यो घटना ढिलो सार्वजनिक भएको हो। लिउले ‘अक्युपेसन’ नामक उपन्यासमा पुरुषको समलैंगिक सम्बन्धका विषयमा लेखेकी थिइन्। उक्त उपन्यासमा समलैंगिक यौन गतिविधिका बारेमा व्याख्या गरिएको  छ। लिउलाई जेल हालिएकोबारे भने चीनमा व्यापक विरोध भइरहेको छ।

चीनमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले लिउको पक्षमा आवाज उठाइरहेका छन्। लिउले पनि आफूलाई दिइएको सजायविरुद्ध मुद्दा दायर गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed