Breaking News.... EverestOnlineKhabar
May 1, 2026

पत्रकारका अघि झुके ट्रम्प , एकोस्टाको परिचय पत्र पुनः जारी

Loading

बीबीसी । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले सिएनएनका वरिष्ठ पत्रकार जिम एकोस्टाको परिचय पत्र पुनः जारी गरेको छ । झन्डै दुई हप्ताअघि राष्ट्रपति डोनल्ड ट्रम्पसँग विवाद भएपछि राष्ट्रपतिको कार्यालयले एकोस्टाको परिचयपत्र अमान्य घोषित गरेको थियो ।

त्यसको विरोधमा सीएनएन अदालतमा पुगेको थियो । अदालतले एकोस्टाको परिचयपत्र तत्काल फिर्ता दिन आदेश दिएपछि ह्वाइट हाउसले परिचयपत्र पुनः जारी गरेको हो । ह्वाइट हाउसले एकोस्टाको परिचयपत्र पुनः कार्यान्वयन हुने भन्दै भविष्यमा हुने पत्रकार सम्मेलनका लागि केही नियम पनि बनाइएको जनाएको छ ।

जसमा एक जना पत्रकारले एउटा मात्र प्रश्न सोध्न पाइने उल्लेख छ । थप प्रश्न सोध्न राष्ट्रपति वा कार्यालयका कर्मचारीको स्वीकृतिमा मात्र लिइने स्पष्ट पारिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed