Breaking News.... EverestOnlineKhabar
May 1, 2026

पहिलो टेष्टमा पाकिस्तानमाथि न्युजिल्याण्डको ४ रनको रोमाञ्चक जित

Loading

एजेन्सी । न्युजिल्यान्ड र पाकिस्तानबिच युएइमा जारी तीन खेलको टेस्ट सिरिजको पहिलो खेलमा न्युजिल्यान्डले ४ रनको रोमाञ्चक जित निकालेको छ।

पाकिस्तान जित नजिक पुगरेपनि नाटकीय पराजयको सिकार भयो। १ सय ७६ रनको सामान्य विजयी लक्ष्य लिएर मैदान उत्रिएको पाकिस्तानले ४१ रन बनाउन ६ विकेट गुमाएपछि ४ रनको हार ब्योहोर्न बाध्य भयो।

पाकिस्तानले दोस्रो इनिङमा मध्यम सुरुवात गरेको थियो। एक समय १३० रन जोड्दा ४ विकेटमात्र गुमाएपनि त्यसपछि भने लगालग विकेट पतनको सिकार भयो। उसले थप २० ओभरमा ४१ रन जोड्दै ६ विकेट गुमाउन पुगेपछि १ सय ७१ रनमा अलआउट हुन पुग्यो।  पाकिस्तानका लागि दोस्रो इनिङमा अजहर अलीले ६५ रनको अर्धसतकीय इनिङ खेले । त्यस्तै असाद सफिकले ४५ रन बनाए। त्यस्तै इमाम उल हक २७, मोहमम्द हफिजले १० र बाबर आजमले १३ रन बनाएर दोहोरो स्कोर बनाएपनि पछिल्लो क्रम समालिन सकेन्।

टिम जित निजक रहेको अबस्थामा पछिल्लो क्रम न्युजिल्यान्डको बलिङ सामु निरीह देखियो। पछिल्ला क्रमका चार ब्याट्सम्यान डकआउट भए। न्युजिल्यान्डलाई हारबाट जितको स्वाद दिलाउने क्रममा अजाज पटेलको बलिङ सम्झन लायक रह्यो। उनले टेस्ट डेब्युमानै  २३.४ ओभर बलिङ गरेर ४ मेडन सहित ५९ रन दिएर महत्वपुर्ण ५ विकेट लिएका थिए। त्यस्तै इश सोधी र नील वाग्नेरले समान दुई विकेट हात पारे।

यसअघि पहिलो इनिङमा न्युजिल्यान्डले १ सय ५३ रन बनाएको थियो। पाकिस्तानले २ सय २७ रन बनाउँदा ७४ रनको अग्रता लिएको थियो। दोस्रो इनिङमा न्युजिल्यान्ड २ सय ४९ रन बनाउन सफल भयो । समग्रमा पाकिस्तान १ सय ७६ रनको सामान्य स्कोरको लक्ष्य पाएको थियो। जितसँगै न्युजिल्यान्डले तीन खेलको टेस्ट सिरिजमा १–० को अग्रता लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed