![]()
काठमाडाैं। नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको राष्ट्रिय भेला मंसिर १२ र १३ मा हुने भएको छ। नुवाकोटको ककनीमा हुने दुई दिने भेलामा विधान र महासमितिको बैठकमा केन्द्रित हुने नुवाकोट कांग्रेसका जिल्ला सभापति जगदिश्वरनरसिंह केसीले बताए।
विधान मस्यौदा समितिले केन्द्रीय कार्य समितिलाई पेस गर्न लागिएको विधानमा जिल्ला सभापतिको धारणामा एकरुपता ल्याउनका लागि भेला डाकिएको केसीले बताए। देशभरका जिल्ला सभापतिहरु आन्तरिक रुपमा एक भई समान धारणा बनाउने उनले बताए।

भेलाको तयारीका लागि सभापति केसी अहिले आन्तरिक तयारीमा व्यस्त छन । जिल्ला कार्यसमिति लगायत पार्टीका नेता कार्यकर्तासंग आवश्यक छलफल गरी भेलालाई पूर्ण सफल बनाइने उनले बताए ।
कांग्रेसका जिल्ला सभापतिहरुको राष्ट्रिय भेला असारको पहिलो साता हेटौडामा भएको थियो।


