Breaking News.... EverestOnlineKhabar
May 1, 2026

पाँचथरकी १०१ बर्षीय बृद्धालाई पहिलो राष्ट्रिय परिचय पत्र, दोस्रो नम्बरमा गृहमन्त्री आफै

Loading

पाँचथर ।   गृहमन्त्री रामवहादुर थापाले  फिदिम नगरपालिका ४ शान्तिपुरकी १०१ वर्षीया बृद्धा भगवतीदेवी भण्डारीलाई पहिलो परिचय पत्र  वितरण गरेका हुन् ।

प्रदेस नं. १ का मुख्य मन्त्री शेरधन राई, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङवो, गृह र प्रधानमन्त्री कार्यालयका सचिवलगायतको उपस्थिति वितरण कार्यक्रममा रहेको थियो। पहिलो दिन सोमवार ५० वटा कार्ड बाँड्ने राष्ट्रिय परिचयपत्र ब्यवस्थापन तथा पञ्जिकरण विभागका निर्देशक चोमेन्द्र न्यौपानेले बताए। न्यौपानेका अनुसार पाँचथरका लागि २ हजार ४ सय २९ वटा परिचयपत्र कार्ड ल्याइएको छ।
दोश्रो चरणमा झापा, संखुवासभा, महोत्तरी, सप्तरी, ललितपुर, रसुवा, चीतवन, तनहुँ, स्याङजा, कपिलवस्तु, गुल्मी, सल्यान, जुम्ला, कञ्चनजपुर र अछाम गरी १५ जिल्लामा विवरण हुने न्यौपानेले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed