Breaking News.... EverestOnlineKhabar
May 1, 2026

नेकपा सचिवालय बैठक मंसिर ६ गते, स्थायी कमिटी बैठक अनिश्चित

Loading

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को सचिवालयको बैठक मंसिर ६ गतेका लागि तय भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमद दाहालबीच छलफलपछि सचिवालयको बैठकको मिति तय भएको हो ।

ने क पाको सचिवालयको बैठक ७ कात्तिकदेखि बस्न सकेको छैन । पछिल्लो सचिवालयको बैठकले प्रदेश कमिटीलाई पूर्णता दिन र केन्द्रीय सदस्यहरूको कार्यविभाजनका लागि सचिवालय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापा बादल र महासचिव विष्णु पौडेलको दुई सदस्यीय कार्यदल गठन गरेको थियो ।

कार्यदलले काम नटुंग्याएका ले बैठक बस्न नसकेको नेताहरूले जानकारी दिएका छन् । ६ गते बस्ने सचिवालयको बैठकले प्रदेश कमिटीलाई पूर्णता दिने र केन्द्रीय सदस्यहरूको कार्यविभाजन टुंगो लगाउने विश्वास लिइएको छ ।

ने क पाको स्थायी कमिटीको बैठक असार २१ गते यता बस्न सकेको छैन । पार्टीको अन्तरिम विधानमा स्थायी कमिटीको बैठक तीन महिनामा एकपटक बस्ने उल्लेख छ । तर, ५ महिना बित्न लाग्दा पनि स्थायी कमिटी अझै अनिश्चत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed