![]()
काठमाडौं । पूर्व प्रधानमन्त्री एवम सत्तारुढ दल नेकपाका वरिष्ठ नेता झलनाथ खनालले जनचाहना अनुसार काम गर्न नसक्ने हो भने प्रधानमन्त्रीले पदमा बसिरहनुको औचित्य नहुने बताउनु भएको छ ।
प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन’ मा पत्रकार ऋषि धमलासंग कुरा गर्दै नेता खनालले पार्टीको घोषणापत्र अनुसार काम हुन नसकेको, विकास निर्माणका काम अघि बढन नसकेको, अशान्ति, हिंसा, बलात्कार लगायतका घटना नियन्त्रण गर्न नसकेको भन्दै सरकारको आलोचन गर्नुभयो । उहाँले जनतासामु कबुल गरेका वाचा पूरा गर्न नसक्ने हो भने प्रधानमन्त्री पदमा बसिरहनुको अर्थ नहुने स्पष्ट पार्नुभयो ।
नेता खनालले पार्टी भित्र गुट चलाउनेहरु अपराधि भएको भन्दै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई चेतावनी दिंदै भन्नुभयो, ‘ बालुवाटार होस वा खुमलटार, कहिंबाट पनि गुट चल्नु भएन । ’
संसदमा बामदेव गौतमको आवश्यकता खड्किएकाले उहाँलाई ल्याउन आफनो सहयोग रहने उहाँले स्पष्ट पार्नुभयो ।

