![]()
बीबीसी । फ्रान्समा इन्धनमा भएको मूल्यवृद्धिविरूद्ध भएका प्रदर्शनमा एकजना प्रदर्शनकारी मारिएको र थुप्रै घाइते भएका विवरणहरू आएका छन्। प्रदर्शनकारीहरूले आक्रोश व्यक्त गर्दै फ्रान्सभर सडकहरू अवरूद्ध पारेका छन्।
विवरणहरूका अनुसार एकजना सवारी चालक आत्तिएर प्रदर्शनकारीहरू भएको भिडतर्फ गाडी गुडाउँदा एकजना महिला प्रदर्शनकारीलाई गाडीले लागेको थियो। करिब एक लाख २० हजार उस्तै रंगको ज्याकेट लगाएका प्रदर्शनकारीहरू आफ्ना गाडीमा दुई हजार स्थानमा भेला भएका छन्।
उनीहरूले राष्ट्रपति एमानुएल माक्रोंले सामान्य मानिसहरूलाई बेवास्ता गरेको बताएका छन्। यो हप्ता राष्ट्रपति माक्रोंले फ्रान्सेली जनतालाई आफ्ना नेताहरूसँग सम्बन्ध सुधार गराउन नसकेको स्वीकार गरेका थिए। यद्यपि उनले आफ्ना सुधार कार्यक्रम रोक्नका लागि विपक्षी नेताहरूले आन्दोलनलाई आफ्नो मुद्दाका रुपमा अघि बढाएको आरोप लगाएका छन्।
अधिकारीहरूले यदि उनीहरूले प्रदर्शन नरोकिए फ्रान्सको सडक सञ्जालमा गतिरोध हुन नदिने बताएका छन्। ल परिजियांग समाचारपत्रका अनुसार दक्षिणपूर्वी सभोय क्षेत्रमा एक जना चालकले आफ्नी छोरीलाई अस्पताल लैजाने क्रममा लगभग ५० जना प्रदर्शनकारीहरूले सडक अवरूद्ध पारेपछि अत्ताएर अर्को गाडीसँग ठोक्किन पुग्दा आफ्नै गाडीको छतबाट प्रदर्शन गरिरहेका एक जना महिलाको मृत्यु भएको छ।
ती सवारी चालकलाई प्रहरी हिरासतमा राखिएको छ। उत्तरपश्चिम फ्रान्समा प्रदर्शनकारीहरूले पीडितहरूको सम्झनामा एक मिनेट मौन धारण गरेका थिए।
आन्तरिक मामिला मन्त्री क्रिष्टोफ कास्टानेयरलाई उद्धृत गर्दै उक्त समाचारपत्रले भनेको छ- यदि यो प्रदर्शनले मानिसको ज्यान लिन्छ भने त्यो विफल हुन्छ। उनले आफू धेरै चिन्तित भएको र जोखिमबाट जोगिन महत्त्वपूर्ण रहेको जनाएका छन्।
फ्रान्सका अन्य स्थानहरूमा सवारीचालकहरूले प्रदर्शनकारीहरूको भीडबाट आफ्ना सवारीसधानहरू जबरजस्ती लान खोज्दा दर्जनौं मानिस घाइते भएका छन्। उत्तरी फ्रान्समा कारको ठक्करबाट एक जना ७१ वर्षीय प्रदर्शनकारी गम्भीर घाइते भएका छन्। पछि उक्त कारचालकलाई पक्राउ गरिएको थियो।
उत्तरी शहर हाजब्रुकमा एउटा ट्रक चालकले प्रदर्शनकारीहरू भएका स्थानमा सवारीसाधन जोताउँदा दुई जना मानिस घाइते भएका छन्।


