Breaking News.... EverestOnlineKhabar
May 1, 2026

डडेलधुरामा जीप दुर्घटना, २ जनाको मृत्यु, १७ घाइते

Loading

डडेल्धुरा । डडेल्धुराको भागेश्वर गाउँपालिका–४, कुर्ङाइलमा  जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। भागेश्वर गाँउपालिकाको बोगटाबाटबाट डडेल्धुरा सदरमुकाम तर्फ आउँदै गरेको म १ ज १८० नम्बरको जीप लाकम र ढिमौलाको बीच कुर्ङाइलमा दुर्घटना भएको हो।

मृत्यु हुनेमा भागेश्वर– ३ बोगटाका ४५ बर्षिय गाडी मालिक दीपेन्द्र शाही र भागेश्वर गाउँपालिका– २, रुपालका २७ वर्षिय धर्मसिं मडै रहेका छन्। जीप सडकबाट एक सय ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

क्षमता भन्दा बढी यात्रुहरू र घुलाम्य सडक भएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको  अनुमान छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed