Breaking News.... EverestOnlineKhabar
May 1, 2026

समृद्धिको नारा बोकेको सरकारबाटै कपडा उद्योगी पीडित, अत्ति भएपछि कपडा उद्योगी आन्दोलित

Loading

काठमाडौँ । कपडा उद्योगीहरुले शनिबारबाट मंसिर ७ गतेसम्म मुलुकभरका २५० वटा कपडा उद्योगहरु बन्द गरेका छन्। सरकारले ल्याएको आर्थिक एन मार्फत उद्योगहरुलाई दिँदै आएको सुविधा कटौती गरेपछि उद्यागीहरुले सांकेतिक विरोध स्वरुप उद्योग बन्द गरेका हुन् ।

शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै नेपाल कपडा उद्योग संघका अध्यक्ष शैलेन्द्र लाल प्रधानले मंसिर ७ गतेसम्म कपडा उद्योगहरु पूर्ण रुपमा बन्द गरिएको बताए। सरकारले वैकल्पिक व्यवस्था नगरी भ्याट फिर्ता तथा समायोजनको प्रावधान हटाएको विरोधमा उद्योग बन्द गर्नुपरेको उद्योगीहरुको भनाइ छ।

गत असोज १३ गते संघले सरकारलाई नीति सच्चयाउनका लागि मागपत्र दिएको दियो। सरकारसँग बारम्बार छलफल गर्दा पनि कुनै निकास नदिएको संघका अध्यक्ष प्रधानले बताए। कपडा उद्योगमा मुलुकमा १० अर्ब बराबरको लगानी रहेको छ।

उद्योगीहरुको मागप्रति नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले पनि समर्थन गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed