Breaking News.... EverestOnlineKhabar
May 1, 2026

मैत्रीपूर्ण फुटबलमा उरुग्वेमाथि ब्राजिलको जित, अर्जेन्टिनाले मेक्सिकोलाई हरायो

Loading

एजेन्सी । नेमारको विवादास्पद पेनाल्टी गोलमा ब्राजिलले उरुग्वेलाई १-० ले हराएको छ । मैत्रीपूर्ण खेलमा डिएगो लेक्सल्टरले डानिलनेलाई फल गरेपछि ब्राजिलले ७६ औं मिनेटमा पेनाल्टी पाएको थियो । पेनाल्टीको अवसरलाई नेमारले गोलमा परिणत गरे । यो नै जितको लागि निर्णायक बन्यो । रेफ्रीले पेनाल्टी दिएपछि केहीबेर विवाद भएको थियो ।

पछिल्ला १० भेटमा उरुग्वेले ब्राजिलविरुद्ध जित निकाल्न सकेको छै्न ।

त्यस्तै अर्को मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २-० ले हरायो । फियोन्स मोरीको हेडर गोलमार्फत पहिलो हाफमा अर्जेन्टिनाले १-० को अग्रता लिएको थियो । दोस्रो हाफमा इसहाक ब्राजिलुएलाले आल्मघाती गोल गर्दा अर्जेन्टिना २-० ले विजयी भयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed