Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

काठमाडौं । सरकारले सबैभन्दा धेरै कर तिर्ने १५ वटा संस्था तथा व्यक्तिलाई सम्मान गरेको छ । शनिबार सातौं राष्ट्रिय कर दिवसका अवसरमा अर्थमन्त्री युवराज खतिवडाले गत आर्थिक वर्ष २०७४/७५ मा विभिन्न क्षेत्रबाट बढी कर तिर्नेलाई सम्मान गरेका हुन्।

सबैभन्दा धेरै व्यक्तिगत आयकर तिर्ने उद्योगी सिद्धार्थ राणा सम्मानित भएका छन् । त्यस्तै सबैभन्दा धेरै आयकर तिर्ने संस्थामा सूर्य नेपाल परेको छ ।

अर्थ मन्त्रालय अन्तरगतको आन्तरिक राजस्व विभागको आँकडाअनुसार उद्योग, कृषि, बीमा, वित्तीय क्षेत्र, व्यापार, शिक्षा स्वास्थ्य, पर्यटजन लगायतका क्षेत्रबाट धेरै कर तिर्ने संस्थालाई सरकारले प्रोत्साहन गरेको छ ।

सरकारले निर्याततर्फ सबैभन्दा बढी आयकर तिर्ने डाबर नेपाल, उद्योगतर्फ हिमाल पावर कम्पनी, कृषितर्फ प्रो वायोटेक प्राली(निम्बस), सहकारी र लघुवित्ततर्फ छिमेक लघुवित्त कम्पनीलाई सम्मान गरेको छ ।

त्यस्तै बैंक तथा वित्तीय संस्थातर्फ नविल बैंक, बीमाबाट नेपाल पुनर्बीमा कम्पनी, स्वास्थ्य शिक्षातर्फ नोवल मेडिकल कलेज तथा शिक्षण अस्पताल, सूचना प्रविधितर्फ एफ वान सफ्ट, पर्यटनतर्फ तारागाउँ रिजेन्सी (हायात होटल), व्यापारतर्फ सिप्रदी ट्रेडिङ सम्मानित भएका छन् ।

वार्षिक ४० करोडको कारोबार गर्ने नेपाल इन्भेष्टमेन्ट प्रालि, ४० देखि ८० करोड कारोबार गर्ने धितोपत्र बोर्ड पनि उत्कृष्ट कर तिर्ने कम्पनीका रुपमा सम्मानित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed