Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

एजेन्सी । बलिउड जोडी दीपिका पादुकोण र रणवीर सिंहको विवाह ईटलीमा जारी छ । बुधबार कोंकणी रीति–रिवाजअनुसार विवाह भएको थियो भने बिहीबार सिन्धी परम्पराअनुसार वैवाहिक प्रक्रिया भइरहेको छ । बुधबारको समारोहमा दीपिकाले सेतो र सुनौलो रंगको साडी लगाएकी थिइन् । यसैगरी रणबीर पनि सेतै पोशाकमा सजिएका थिए ।

ईटलीको लेक कोमोमा आयोजित वैवाहिक समारोहमा सञ्चारमाध्यमलाई प्रवेश दिइएको छैन । यसैगरी निम्तालुहरुलाई पनि मोबाइलबाट फोटो खिच्न बन्देज लगाइएको छ । यसले गर्दा अहिलेसम्म बिहेको गतिलो फोटो सार्वजनिक हुन सकेको छैन । बिहेको फोटो खिच्नका लागि कसैले एकाधिकार खरिद गरेको हुन सक्ने अनुमान छ ।

बिहे लगत्तै दीपिका र रणबीर छोटो हनिमुन ट्रिपमा जानेछन् । कहाँ जाने भन्ने चाहिँ उनीहरुले खुलाएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed