Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

काठमाडौँ । सन् २०२० ओलम्पिक छनोटको दोस्रो चरणमा प्रवेश गरेको नेपाली राष्ट्रिय महिला फुटबल टोली  स्वेदश फर्केको छ । टिम पहिलोपल्ट ओलम्पिक छनौटको दोस्रो चरणमा प्रवेश गरेको हो। टिमलाई बिहीबार दिउँसो त्रिभुवन विमानस्थलमा स्वागत गरिएको छ।

म्यान्मारको यांगुनस्थित थुवुन्ना रंगशालामा गत मंगलबार बंगलादेशविरुद्धको खेलमा १–१ को नतिजा निकालेर  नेपालले समूहमा तेस्रो भएर दोस्रो चरणको यात्रा पक्का गरेको हो

एसियाली फुटबल महासंघ (एएफसी) ले छनोटका चार समूहका विजेता, उपविजेता तथा तेस्रोमा रहने चार टिममध्येका उत्कृष्ट दुईले दोस्रो चरणमा प्रवेश पाउने गरी घोषणा गरिएको नयाँ नियमअनुसार नेपालले प्रारम्भिक चरण पार गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed