Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

कास्की । कास्की जिल्लामा श्रीमतीलाई बोक्सी आरोप लगाएर कुटपिट गर्ने सन्तोष परियारलाई जेल चलान गरिएको छ । अन्नपूर्ण गाउँपालिका–१ ढिकुरपोखरीका सन्तोष परियारलाई जिल्ला अदालत कास्कीले श्रीमतीलाई बोक्सी आरोप लगाई कुटपिट गरेको अभियोगमा ६ महिना जेल सजाय र पाँच हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको हो ।

परियारले श्रीमती पूजा परियारमाथि बोक्सीको आरोपमा कुटपिट गरेका थिए । झारफुक गर्ने क्रममा पूजाले बोक्सी लगाएको भनेर नाम लिएपछि सन्तोषले श्रीमतीलाई कुटपिट गरेका थिए ।

घटनाको बारेमा प्रहरीमा उजुरी परेपछि प्रहरीले सन्तोष र अन्य सदस्यलाई पक्राउ गरी अनुसन्धान गरेको थियो । जेठ ९ गते सन्तोष र परिवारका अन्य सदस्यविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed