Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

काठमाडौँ । आगामी मङ्सिर २२ देखि पुष ७ गते (डिसेम्बर ८ देखि २२) सम्म हुने एभरेस्ट प्रिमियर लिग (इपीएल) टी-२० क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले मान्यता दिएको छ। इपीएलको आयोजकले बिहीवार प्रेस विज्ञप्ती जारि गर्दै प्रतियोगितालाई आइसीसीले मान्यता दिएको जानकारी दिएको हो।

आयोजकले त्यसका लागि २० हजार अमेरिकी डलर र आवश्यक डकुमेन्टहरु पठाएपछि आइसीसीले इपीएललाई आइसीसीको मान्यतासहितको पत्र पठाएको हो। अमेरिकी डलरको भाउ बढेका कारणले २० हजार डलर बराबरको नेपाली रुपैयाँ २७ लाख ५० हजार हुनेछ। नेपाल राष्ट्र बैँकमार्फत उक्त रकम पठाएको विज्ञप्तीमा उल्लेख छ।

आयोजकले पठाएको उक्त रकम आइसीसीले नेपालको क्रिकेट विकासमै खर्च गर्ने जनाएको पनि विज्ञप्तीमा जनाइएको छ। आइसीसीले इपीएललाई मान्यता दिएको विषयमा जानकारीसहितको पत्र आफ्नो मातहतमा रहेको सदस्य राष्ट्रहरुलाई समेत पठाएको इपीएल आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed