![]()
एजेन्सी । ट्वेन्टी–ट्वेन्टी महिला विश्वकप क्रिकेटमा आयोजक वेष्ट इन्डिजले लगातार दोस्रो जित हात पारेको छ । सेन्ट लुसियामा भएको खेलमा वेष्ट इन्डिजले दक्षिण अफ्रिकालाई ३१ रनले हरायो ।
खेलमा पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७ रन जोड्यो । उसका लागि काईसिया नाईटले सर्वाधिक ३२ रन जोडिन् । बलिङतर्फ दक्षिण अफ्रिकाकी शब्नम ईस्माईलले ३ विकेट लिइन् । जवाफमा १ सय ८ रनको चुनौती पछ्याएको दक्षिण अफ्रिकाले खेलमा ८ बल बाँकी छँदा अलआउट हुनुपूर्व ७६ रन मात्रै बनाउन सक्यो ।
जितसँगै वेष्ट इन्डिज २ खेलबाट ४ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । ३ अंक जोडेका इङ्ल्यान्ड र श्रीलंका क्रमशः दोस्रो तथा तेस्रो स्थानमा रहेका छन् ।


