Breaking News.... EverestOnlineKhabar
April 30, 2026

नेपाल–भारत प्रबुद्ध व्यक्तिहरुको समूह (इपीजी)ले तयार पारेको प्रतिवेदन मोदीले चाँडै बुझने : प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराई

Loading

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका नवनियुक्त परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत प्रबुद्ध व्यक्तिहरुको समूह (इपीजी)ले तयार पारेको प्रतिवेदन चाँडै बुझ्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले दुवै पक्षका सदस्यहरुबीच कुराकानी भइरहेकाले भारतीय प्रधानमन्त्री मोदीले छिट्टै प्रतिवेदन बुझ्ने बताए । समूहका एक सदस्यसमेत रहेका डा. भट्टराईले इपीजीले नेपाल–भारतबीचका द्विपक्षीय सन्धि, सम्झौतालगायत सबै विषयमा पुनरावलोकन गरेको दाबीसमेत गरे ।

उनले देश विकासका लागि अरु मुलुकसित पनि साझेदारी आवश्यक पर्ने भन्दै सबैको सहयोगमा विकास निर्माणका काम अघि बढाइने बताए । भारत र चीनसँगमात्र नभइ अरु मुलुकसित पनि नेपालले राम्रो सम्बन्ध कायम गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed