Breaking News.... EverestOnlineKhabar
April 30, 2026

कांग्रेस केन्द्रीय समिति बैठक मंसिर १ गतेका लागि आह्वान

Loading

काठमाडौं।  काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक मंसिर १ गतेलाई बोलाएको छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरुलाई समेत अनिवार्य उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।

बैठक मंसिर १ गते शनिबार दिउँसो २ः०० बजे पार्टी केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, ललितपुरमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।  बैठकमा विधान  मस्यौदा समितिले तयार पारेको विधान, मंसिर २८ गतेबाट हुने महासमिति बैठक र नेविसंघको अधिवेशन र विधानका बारेमा छलफल हुने नेताहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed