Breaking News.... EverestOnlineKhabar
May 2, 2026

रुनीले बिदाई खेलमा राष्ट्रिय टिमको कप्तानी गर्ने

Loading

बीबीसी । इंग्ल्याण्डका कीर्तिमानी गोलकर्ता वायने रुनीले आफ्नो बिदाई खेलमा राष्ट्रिय टिमको कप्तानी गर्ने भएका छन् । उनले त्यो खेलमा १० नम्बरको जर्सी पनि लगाउने छन् ।

रुनीले अन्तर्राष्ट्रिय फुटबलबाट सन् २०१७ मै सन्यास लिएका हुन् । तर उनले बिहीबार वेम्बलीमा हुने अमेरिकासँगको मैत्रीपूर्ण खेलमा इंग्ल्याण्डबाट १२० औँ सहभागिता जनाउँदै छन् ।

३३ वर्षका रुनी अहिले अमेरिकाको क्लब डिसी युनाइटेडबाट खेल्दै आएका छन् । मैत्रीपूर्ण खेलमा फाबियन डेल्फले कप्तानका रुपमा खेल सुरु गर्नेछन् र पछि उनले रुनीलाई कप्तानी हस्तान्तरण गर्ने प्रशिक्षक ग्यारेथ साउथगेटले बताएका छन् । रुनीलाई गार्ड अफ अनर पनि प्रदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed