Breaking News.... EverestOnlineKhabar
May 2, 2026

ट्रम्पकी श्रीमतिले थर्काएपछि राष्ट्रिय सुरक्षा सल्लाहकार पदबाट राजीनामा दिन बाध्य

Loading

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी श्रीमती मेलानिया ट्रम्पले एक शीर्ष राष्ट्रिय सुरक्षा अधिकारीलाई जागिरबाट निकाल्न माग गरेकी छिन् । उनको मागपछि राष्ट्रिय सुरक्षा उप–सल्लाहकार मीरा रिकार्डेलले आफ्नो पदबाट राजीनामा दिएकी छिन् ।

ह्वाइट हाउसकी प्रवक्ताले रिकार्डेलले प्रशासनभित्र आफ्नो नयाँ भूमिका निभाउनका लागि ह्वाइट हाउस छोडेको जानकारी दिएकी छिन् । यद्यपी, उनले यसबारे विस्तृत जानकारी भने दिएकी छैनन् । मेलानिया ट्रम्पले यसै हप्ता रिकार्डेललाई ह्वाइट हाउसमा उनको आवश्यकता नभएको बताएकी थिइन् ।

अमेरिकी मिडियाको रिपोर्ट अनुसार गत अक्टोबरमा अफ्रिकाको भ्रमणको क्रममा प्रथम महिला मेलानिया र  रिकार्डेलबीच विवाद भएको थियो । रिकार्डेल पछिल्लो सात महिनादेखि राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बाल्टनको नेतृत्व भएको शक्तिशाली राष्ट्रिय सुरक्षा परिषद्की सदस्य थिइन् ।

अमेरिकी मिडियाको रिपोर्ट अनुसार मेलानिया र मीराबीच अफ्रिका यात्राको क्रममा विमानको सिटमा बस्ने विषयमा विवाद भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed