Breaking News.... EverestOnlineKhabar
May 2, 2026

Loading

काठमाडौँ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी वृत बौद्ध काठमाडौंका डीएसपी श्यामकुमार राईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

राईविरुद्ध अख्तियारले बिगो एक लाख चालीस हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही दफाको उपदफा (१) को देहाय (घ ) बमोजिम जरिवाना र कैद सजाय हुन मागदावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

डीएसपी राईले सेवाग्राहीबाट एक लाख चालीस हजार घूस बापतको रकम लिइसकेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed