![]()
बीबीसी । संसद विघटन गर्ने राष्ट्रपति मैत्रीपाला सिरिसेनाको कदममाथि सर्वोच्च अदालतले रोक लगाएको भोलिपल्ट श्रीलंकाको संसदले नवनियुक्त प्रधानमन्त्री महिन्दा राजापाक्षे सरकारविरुद्धको अविश्वास प्रस्ताव बहुमतले पारित गरेको छ ।
विपक्षले राजापाक्षेविरुद्ध ल्याएको प्रस्तावविरुद्ध बुधबार संसदमा मतदान भएको हो । सभामुख कारु जयसूर्याले मत परिणाम सार्वजनिक गर्दै प्रधानमन्त्री राजापाक्षेविरुद्ध अविश्वास प्रस्ताव पारित भएको जनाएका हुन् । अविश्वास प्रस्तावमाथि मतदान हुनुअघि राजापाक्षे र उनका सांसद छोरा नमल संसद भवनबाट बाहिरिएका थिए ।
२२५ सदस्यीय संसदमा राजापाक्षे सरकारविरुद्ध अविश्वास प्रस्ताव पारित भइरहँदा राजापाक्षे समर्थकले संसद भवनबाहिर विरोध प्रदर्शन गरेका थिए ।


