![]()
काठमाडौँ । नेपाल क्रिकेट स्कुल र स्पोर्ट्स एडको संयुक्त आयोजनामा काठमाडौँमा दक्षिण अफ्रिकी लिजेण्ड जोन्टी रोड्ससँग नेपालका युवा खेलाडीहरुले प्रशिक्षण लिदैछन्। ‘राइज अफ द क्रिकेटिङ स्टार्स विथ जोन्टी रोड्स’ नाम दिइएको उक्त हाइ परफरमेनस क्याम्पमा नेपालका यू-१६ र यू-१९ लेभलका खेलाडीहरुको सीप विकासको लागि आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
रोड्स दक्षिण अफ्रिकाका पूर्व खेलाडी हुन भने इन्डियन प्रिमियर लिग मा मुम्बई इन्डियन्सको सहायक प्रशिक्षकको रुपमा समेत काम गरिसकेका छन्। उनी विश्व क्रिकेटकै उत्कृष्ट फिल्डर हुन्।
रोड्ससँगै वेष्ट इन्डिज र अफगानिस्तानको फिल्डिङ प्रशिक्षक रहिसकेका र्यान मारोनले पनि नेपाली खेलाढीलाई प्रशिक्षण दिनेछन्। १० दिनको प्रशिक्षण कार्यक्रम कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछ।
पहिलो पटक नेपाल आएका रोड्सले यस कार्यक्रमका लागि आफू उत्साहित रहको बताए। उनले यो १० दिनको कार्यक्रम मात्र नभएर यसलाई निरन्तरता दिदै जाने बताए।


