Breaking News.... EverestOnlineKhabar
May 2, 2026

Loading

बीबीसी । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यमा दुईवटा भीषण डढेलो लागेको अधिकारीहरूले बताएका छन्। डढेलोमा परेर कम्तीमा नौजनाको ज्यान गएको छ भने डेढ लाखभन्दा बढी मानिसलाई सुरक्षित ठाउँमा जान भनिएको छ।

राज्यको उत्तरी क्षेत्रमा फैलिएको ‘क्याम्प फायर’ नामक डढेलोमा परेर ज्यान गुमाएका पाँचजनाको शव एउटा कारमा फेला पारिएको छ। लस एन्जलसको पश्चिमी क्षेत्रमा लागेको ‘वूल्जी फायर’ नामक डढेलो एउटा प्रमुख राजमार्ग र तटीय क्षेत्रतर्फ फैलिरहेको छ। शक्तिशाली आँधीसँगै दुवै डढेलो तीव्र रूपमा फैलिरहेको अधिकारीहरूले बताएका छन्।

‘वूल्जी फायर’ डढेलो रातारात फैलियो र लस एन्जलसदेखि पश्चिममा पर्ने हाइवे १०१ सम्म पुग्यो। स्थानीय समय अनुसार शुक्रवार मध्यरातसम्म उक्त डढेलो ५,६६५ हेक्टरसम्म फैलिएको छ। मध्य लस एन्जलसदेखि ६४ किलोमिटर उत्तर-पश्चिममा पर्ने थाउजण्ड ओक्स क्षेत्रबाट उक्त डढेलो शुरू भएको हो। जसका कारण त्यहाँका ७५ हजार घरधुरीलाई अधिकारीहरूले खाली गराउनुपरेको विवरणहरूमा जनाइएको छ।

थाउजण्ड ओक्सदेखि पश्चिमका हजारौँ बासिन्दालाई पनि सुरक्षित स्थानमा जान भनिएको छ। क्याम्प क्रीक भन्ने ठाउँबाट शुरू भएको ‘क्याम्प फायर’ बाट टाउन अफ प्याराडाइज ध्वस्त भएको छ।

प्रतिघण्टा ५६ किलोमिटर वेगको हावाले आगो फैलाउनमा भूमिका निर्वाह गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed