Breaking News.... EverestOnlineKhabar
May 1, 2026

पार्टीमा गुटउपगुट अन्त्य गर्ने कांग्रेस उपसभापति गच्छदारको घोषणा

Loading

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नवनियुक्त उपसभापति विजयकुमार गच्छदारले सिँगो पार्टीलाई अब एकतावद्ध बनाएर अघि बढाउने उद्धघोष गरेका छन्।

उनले भने,‘सकेसम्म म पार्टीभित्रको गुट अन्त्य गर्छु, यदि सकिन भने पनि विवादलाई न्यूनीकरण गर्छु।’  रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी–भैलो कार्यक्रममा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै नेता गच्छदारले यस्तो बताएका हुन्।

उनले पार्टीमा रहेका गुट–उपगुट अन्यत्को लागि आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाए। उनले थपे,‘पार्टीलाई समन्वयनकारी भूमिका निर्वाह गरेर एक ढिक्का बनाउँछु। अबको मेरो प्रयास त्यही हुनेछ।’

कांग्रेसले अब सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने पनि उनले जनाए। उनले भने,‘आगामी निर्वाचनमा कांग्रेस एक नम्बर पार्टी बन्छ। अहिलेको समस्या समाधान गर्न कांग्रेसले भूमिका निर्वाह गर्छ।’

पार्टीभत्र आफूले पाएको नयाँ जिम्मेवारीलाई कुशलताका साथ निभाउने पनि गच्छदारको भनाई छ। उनले भने,‘म आफ्नो जिम्मेवारी पूरा गर्दै अघि बढ्छु। पार्टीलाई सुदृढ, सबल र एकताबद्ध बनाउँछु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed