Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

एजेन्सी । च्याम्पियन्स लिग फुटबलको समूह चरण अन्तर्गत  भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) इटालियन क्लब नापोलीसँग बराबरीमा रोकिएको छ । समूह सी मा रहेको पिएसजीले अवे मैदानमा भएको खेलमा नापोलीसँग १–१ को बराबरी खेलेको हो । नेइमार, केलियन एमबाप्पे, एन्जल डी मारियासहितका स्टार खेलाडीयुक्त पिएसजीले नापोलीविरुद्ध लिएको अग्रता जोगाउन सकेन र अंक बाँड्न बाध्य भयो ।

पहिलो हाफको इन्जुरी समयमा बर्नेटले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए । तर ६२ औँ मिनेटमा नापोलीले पेनाल्टी पायो त्यसमा लोरेन्जो इनसिग्नीले क्लबका लागि बराबरी गोल गरे । बराबरीपछि नापोली समूहको शीर्ष स्थानमा उक्लियो । उसको ६ अंक भएको छ ।

समूहको अर्को खेलमा अप्रत्यासित रुपमा लिभरपुल रेड स्टारसँग २–० ले पराजित भयो । मोहम्मद सालहसहितका स्टार खेलाडी युक्त लिभरपुल अवे मैदानमा पहिलो हाफमा खाएको दुई गोलका कारण पराजित भयो ।

समूहको दोस्रो स्थानमा रहेको लिभरपुलको ६ तथा पिएसजीको पाँच अंक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed