Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

एजेन्सी । स्पेनिस च्याम्पियन बार्सिलोना च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । लिगको समूह चरण अन्तर्गत अवे मैदानमा भएको खेलमा इटालियन क्लब इन्टर मिलानसँग १–१ को बराबरीमा रोकिएको बार्सिलोनाले अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

समूह बी अन्तर्गतको खेलमा चोटग्रस्त लियोनल मेस्सी बिनाको बार्सिलोनाले इन्टरसँग बराबरी खेलेको हो । अन्तिम सात मिेट बाँकी हुने बेलासम्म गोलरहित रहेको खेलमा ८३ औँ मिनेटमा माल्कमको गोलबाट बार्सिलोनाले अग्रता लियो ।

तर ८७ औँ मिनेटमा माउरिसिओ आइकार्डीले इन्टरका लागि गोल गरे । यो बराबरीपछि समूहको शीर्ष स्थानमा रहेको बार्सिलोना अन्तिम १६ मा पुग्ने पक्का भएको छ ।

इन्टर मिलान दोस्रो स्थानमा छ र उसको अन्तिम १६ मा स्थान बनाउने सम्भावना छ । उस्तै सम्भावना टोटनह्यामको पनि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed