Breaking News.... EverestOnlineKhabar
April 30, 2026

राजपा महामन्त्री सिंहविरुद्ध दुई करोडको भ्रष्टाचार मुद्दा

Loading

काठमाडौँ।  सार्वजनिक सेवाबाट अवकाशपछि राजनीतिमा सक्रिय रहेका राष्ट्रिय जनता पार्टी (राजपा) का महामन्त्री विनोदकुमार सिंहविरुद्ध करिब दुई करोडको भ्रष्टाचार मुद्दा दायर भएको छ।

सार्वजनिक पदमा रहँदा अवैध रुपमा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। सिंह राजपाको कर्मचारी युनियनका अध्यक्ष समेत भइसकेका छन्। निजामती सेवाको सहायक वन अधिकृतबाट उनले अवकाश पाएका थिए।

२०४३ सालमा सरकारी सेवा प्रवेश गरेका सिंहले एक करोड ९१ लाख ६१ हजार ६२५ रुपैयाँ अवैध रुपमा आर्जन गरेको अख्तियारको दाबी छ। अख्तियारले जाँच अवधिमा सिंहको कूल तीन करोड  ५१ लाख ८२ हजार ६४४ रुपैयाँ सम्पत्ति रहेको ठहर गरेको छ। जसमध्ये एक करोड ६० लाख २१ हजार १८ रुपैयाँको मात्र स्रोत खुलेको अख्तियारको दाबी छ।

गैरकानुनी रुपमा सिंहले आर्जन गरेको सम्पत्ति लुकाउन सहयोग गरेको अभियोगमा अख्तियारले सिंहकी श्रीमती गीतादेवी सिंह, छोराहरू अनुपकुमार सिंह र अचलकुमार सिंहलाई पनि प्रतिवादी बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed