Breaking News.... EverestOnlineKhabar
April 30, 2026

थाइल्याण्डमा मुख्यमन्त्री राईको स्वास्थ्य परीक्षण, स्वास्थ्य अवस्था सामान्य

Loading

काठमाडौं । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको स्वास्थ्य अवस्था सामान्य रहेको छ । घाँटीको समस्या पत्ता नलागेपछि उपचारका लागि थाइल्याण्ड जानु भएका मुख्यमन्त्री राईको स्वास्थ्य अवस्था सामान्य रहेको त्यहाँको अस्पतालले जनाएको छ ।

मुख्यमन्त्री  राईराष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाजबाट थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गर्नुभएको थियो । बैंककस्थित बुम्रुनग्राड इन्टरनेशनल हस्पिटलमा भएको चेकजाँच अनुसार उहाँको अवस्था सामान्य रहेको छ ।

मुख्यमन्त्री राईको स्वास्थ्य चेकजाँजमा डाक्टरहरु Ittipol Komonhirun, Sirichai Niramarnsakul र Suthep Patcharatrakul संलग्न रहनुभएको छ । घाँटीको समस्याबाट पीडित उहाँको विस्तृत रिपोर्ट कार्तिक २६ गते प्राप्त हुने भएको छ । मुख्यमन्त्री राई निजी खर्चमा उपचारका लागि थाइल्याण्ड जानु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed