Breaking News.... EverestOnlineKhabar
May 1, 2026

जितसंगै म्यानचेष्टर सीटी पहिलो र आर्सनल दोस्रो स्थानमा

Loading

एजेन्सी ।  म्यानचेस्टर सिटीले  साउथ ह्याम्पटनमाथि ६–१ को विजय हासिल गर्दै इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । वेस्ले होडको आत्मघाती गोलबाट छैटौं मिनेटमा अग्रता लिएको सिटीले १२औं मिनेटमा सर्जियो अग्विरोको गोलबाट अग्रता दोब्बर बनायो ।

त्यसको ६ मिनेटपछि डेभिड सिल्भाले अग्रता दोब्बर बनाए । पहिलो हाफको अन्तिम मिनेटमा व्यक्तिगत पहिलो गोल गरेका स्टर्लिङले ६७औं मिनेटमा अर्को गोल थपे । इन्जुरी समयमा लोरी सानले गोल गरे । ३०औं मिनेटमा ड्यानी इङ्सले पेनाल्टीबाट गरेको गोल साउथ ह्याम्पटनका लागि सान्त्वना बन्यो । दुई गोल आफै गरेका स्टर्लिङले साने र अग्विरोलाई गोलको अवसर सिर्जना गरिदिएका थिए ।

जितसँगै सिटी लिगको शीर्ष स्थानमा उक्लिएको छ । ११ खेलबाट २९ अंक जोडेको सिटी लिभरपुललाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो । २७ अंक जोडेको लिभरपुल तेस्रो स्थानमा झरेको छ ।

आइतबार राति नै क्रिष्टल प्यालेसलाई ३–१ ले हराएको चेल्सी दोस्रो स्थानमा छ । लिभरपुल र चेल्सीको समान अंक भए पनि गोलअन्तरमा चेल्सी दोस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed