![]()
एजेन्सी । वेष्ट इन्डिजसँगको ३ खेलको टी–ट्वान्टी क्रिकेट सिरिजको पहिलो खेलमा भारतले जित हात पारेको छ । पहिलो खेलमा भारतले वेष्ट इन्डिजलाई ५ विकेटले पराजित गरेको हो । वेष्ट इन्डिजले दिएको ११० रनको सामान्य चुनौती भारतले १७.५ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्याे ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेष्ट इन्डिजले खराब प्रदर्शन गर्दै निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १०९ रन मात्रै बनाएको थियो । वेष्ट इन्डिजका लागि फावियान एलेनले २७ र किमो पाउलले अविजित १५ रन बनाउन बाहेक अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् ।
बलिङतर्फ भारतका कुलदीप यादवले ३ विकेट लिए । उनले ४ ओभर बलिङ गर्दै मात्र १३ रन खर्चेर ३ विकेट लिएका थिए ।


