Breaking News.... EverestOnlineKhabar
April 30, 2026

बामपन्थी सरकार पाँच बर्ष ढल्दैन : पूर्व प्रधानमन्त्री खनाल

Loading

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकार पाँच वर्ष नढल्ने दावी गरेका छन्। वरिष्ठ नेता खनालले उचित वातावरण बनेको भन्दै उद्योगधन्दाको विकासमा लागि पर्न उद्योगी, व्यवसायीहरुलाई आग्रह पनि गरे।

आईतबार इलाम नगरपालिकाले काठमाडौंमा आयोजना गरेको  कार्यक्रममा बोल्दै उनले सरकार स्थिर रहेकाले विकास, निर्माणको कामले गति लिने विश्वास समेत व्यक्त गरे। संविधानले सबै समुदायको अधिकारलाई सुनिश्चित गरेको उल्लेख गर्दै वरिष्ठ नेता खनालले कानुनी राज्यको मान्यतालाई स्थापित गर्दै विकास, निर्माणको कामलाई तीव्रता दिनुपर्ने पनि स्पष्ट पारे।

कार्यक्रममा बोल्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता एवम् पूर्व सभामुख सुवाष नेम्वाङले संवैधानिक व्यवस्था अनुसार मुलुकलाई समृद्ध बनाउने दिशामा काम गर्न उद्योगी, व्यवसायीहरुलाई आग्रह गरे। उनले निजी क्षेत्रको लगानीका लागि अनुकूल वातावरण बनाउन आफ्नो पार्टी प्रतिवद्ध रहेको पनि बताए। उपनेता नेम्वाङले इलामलाई समृद्ध बनाउन त्यहाँको प्राकृतिक स्रोत र साधनको उचित परिचालनमा जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed