Breaking News.... EverestOnlineKhabar
April 30, 2026

कार्यकर्ता मार्ने हत्यारालाई कारवाहीको माग गर्दै कांग्रेसद्वारा सर्लाही बन्द

Loading

सर्लाही । सर्लाहीको रामनगरमा भएको गोलीकाण्डका दोषीमाथि कारबाही माग गर्दै नेपाली कांग्रेस सर्लाहीले जिल्ला बन्द गराएको छ। गत मंगलबार रामनगर गाउँपालिका वडा नम्बर ४, बहुअर्वा टोलमा नेकपाका कार्यकर्ताको गोली प्रहारबाट कांग्रेस कार्यकर्ता ५५ वर्षीय रामविलास महतोको मृत्यु भएको थियो। रामबिलास वडा अध्यक्ष रामनरेशका काका हुन्।

अपराधीलाई गिरप्mतार गरी कार्बाही गर्न प्रहरी प्रशासनले चासो नदेखाएको बिरोधमा शनिबार साँझ जिल्लाका मुख्य बजारमा मसाल जुलुस निकालेको कांग्रेसले आइतबार सर्लाही बन्दको घोषणा गरेको हो।

कांग्रेस जिल्ला सभापति नागेन्द्र रायका अनुसार बिहान ७ बजेदेखि जिल्लाका सबै बजार र भित्री सडक बन्द गराइएको छ। बजार बन्दको कार्यक्रम साँझ ५ बजेसम्म हुनेछ। यसैगरी कांग्रेस कार्यकर्ताले बिहान ११ बजेदेखि पूर्वपश्चिम राजमार्गमा एक घण्टा चक्का जाम गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed