Breaking News.... EverestOnlineKhabar
May 1, 2026

पाकिस्तानसंग नेपालको लज्जास्पद हार, उपाधि जित्ने सपना चकनाचुर

Loading

काठमाडौं । १५ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पाकिस्तानसँग पराजित हुँदै नेपाल बाहिरिएको छ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा पाकिस्तानसँग नेपाल ४-0 गोल अन्तरले पराजित भएको हो ।

पहिलो हाफसम्म दुबै टिमले गोलरहित बराबरी खेलेका थिए । तर दोस्रो हाफमा नेपालले ४ गोल खान पुग्यो । नेपालका रोशन थापाले आत्मघाती गोल गरेपछि पाकिस्तानले अग्रता लिएको थियो ।  पाकिस्तानका लागि मोहिब उल्लाहले २ र मोइन अहमदले १ गोल गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed