![]()
बीबीसी । अफगानिस्तानमा सेनाको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । अफगानिस्तानको दक्षिण पश्चिमी क्षेत्रमा भएको दुर्घटनामा चालकदलका सदस्यसहित २५ जनाको ज्यान गएको छ ।
फाराह प्रान्तबाट हेरात जाँदै गरेका सेनाका दुई हेलिकप्टर मध्ये एउटा दुर्घटनामा परेको पश्चिम फाराह प्रान्तका गर्भनरका प्रवक्त नासर मेहरीले बताएका छन् ।
खराब मौसमका कारण हेलिकप्टर दुर्घटनामा परेको उनले बताएका छन् । बिद्रोही समूह तालिबानले भने आफूहरुले हेलिकप्टर आक्रमण गरी खसालेको दाबी गरेको छ । दुर्घटनाग्रस्त हेलिकप्टरमा सेनाका उच्च अधिकारी सवार रहेको बताइएको छ ।


