Breaking News.... EverestOnlineKhabar
May 1, 2026

अफगानिस्तानमा सैन्य हेलिकप्टर दुर्घटना, २५ जनाको ज्यानगयो

Loading

बीबीसी । अफगानिस्तानमा सेनाको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । अफगानिस्तानको दक्षिण पश्चिमी क्षेत्रमा भएको दुर्घटनामा चालकदलका सदस्यसहित २५ जनाको ज्यान गएको  छ ।

फाराह प्रान्तबाट हेरात जाँदै गरेका सेनाका दुई हेलिकप्टर मध्ये एउटा दुर्घटनामा परेको पश्चिम फाराह प्रान्तका गर्भनरका प्रवक्त नासर मेहरीले बताएका छन् ।

खराब मौसमका कारण हेलिकप्टर दुर्घटनामा परेको उनले बताएका छन् । बिद्रोही समूह तालिबानले भने आफूहरुले हेलिकप्टर आक्रमण गरी खसालेको दाबी गरेको छ । दुर्घटनाग्रस्त हेलिकप्टरमा सेनाका उच्च अधिकारी सवार रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed