![]()
काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले सरकारविरुद्ध सडक संघर्ष गर्ने चेतावनी दिएका छन्। संयोजक भट्टराईले भ्रष्टाचार एवं महिला हत्या, हिंसा, बलात्कार लगायतका घटना नियन्त्रण गर्न नसकेको टिप्पणी गर्दै सरकारविरुद्ध सडक संघर्ष गर्ने चेतावनी दिएका हुन्।
काठमाडौँमा सुरु भएको पार्टीको १५औं संघीय बैठकलाई उद्घाटन गर्दै भट्टराईले पूराना शक्तिलाई विस्थापित गरेर मुलुकलाई सही बाटोमा अघि बढाउन पार्टीको बैठकले महत्वपूर्ण निर्णय लिने दावी गरेका छन्।
बैठकमा संयोजक भट्टराईले पेश गरेको राजनीतिक प्रतिवेदनमा सरकार जनताको अपेक्षा अनुसार काम गर्न असफल भएको उल्लेख गरिएको छ। लोकतन्त्रका मूल्यमान्यता विपरीतका गतिविधिमा सरकार संलग्न रहेकोे दावी गर्दै नयाँ शक्ति पार्टी, नेपालले त्यसका विरुद्ध आन्दोलनमा सहभागी हुन पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेको छ।


