Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

पोखरा ।  चितवन राइनोजले नमस्ते पोखरा प्रिमियर लिग क्रिकेटमा पहिलो विजय हात पारेका छ । धनगढी एक्सपर्ट ब्लुजलाई १ सय २६ रनको फराकिलो अन्तरले पराजित गर्दै चितवनले विजयको खाता खोलेको हो ।

टस हारेर ब्याटिङ रोजेको चितवनले ६ विकेट गुमाई १ सय ९३ रन बनाएको हो। प्रतियोगितामा यो दोस्रो उच्च स्कोर हो। स्थानीय टोली पोखरा पल्टनले पहिलो दिनको खेलमा विराटनगर टाइटनसँग १ सय ९७ रन बनाएको थियो।

जबाफमा आएको धनगढी १६.२ ओभरमा ६७ रनमा अल आउट भयो। सन्नी पटेलले ३.२ ओभरमा ८ रनमात्र खर्चेर ४ विकेट लिए। समित पटेल र भुवन कार्कीले २,२ तथा करण केसी र शक्ति गौचनले १,१ विकेट लिए।

धनगढीबाट पिटर ट्रेगोले २७ र योगेन्द्रसिंह कार्कीले १७ रन बनाए। धनगढीका ओपनरद्वय दिलीप नाथ र डानियल लरेन्स खाता नखोली आउट भएका थिए।

यसअघि चितवनबाट हरिशंकर साहले ३३ बलमा ५३ रन बनाएका थिए। पोखरा रंगशालाको क्रिकेट मैदानमा उनले ६ चौका र ३ छक्का प्रहार गरे। उनले अनिलकुमार साहसँग पहिलो विकेटमा ११.३ ओभरमा १ सय १० रन जोडे। अनिलले ३४ बलमा १ चौका र ३ छक्का प्रहार गरी ३७ रन बनाए।

कप्तान पारस खड्का ९ बलमा १९ र समित पटेल १७ बलमा २४ रन बनाई आउट भए। आरिफ शेख फेरि पनि खाता खोल्न चुके। सन्नी पटेल १६ बलमा २६ र करण केसी ६ बलमा ११ रन बनाई नटआउट रहे।

धनगढीका कप्तान दीपेन्द्रसिंह ऐरी सहित पिटर ट्रेगो डानियल लवरेन्स, योगन्द्र कार्कीले १,१ विकेट लिए। १ खेलमा विजय हात पारेको धनगढीले ३ खेलमा दोस्रो पराजय भोगिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed