Breaking News.... EverestOnlineKhabar
May 1, 2026

टोटनह्यामलाई हराउँदै म्यानचेष्टर सीटी शीर्ष स्थानमा

Loading

एजेन्सी । इंग्लिस प्रिमियर लिग जारी सिजन निकै रोमाञ्चक देखिएको छ। प्रतियोगितामा अपराजित रहेको साबिक च्याम्पियन म्यानचेस्टर सिटी, लिभरपुल र चेल्सीको कडा टक्कर जारी छ।

१० खेलको समाप्तिमा सिटी र लिभरपुलले समान ८ जित र २ बराबरीपछि २६ अंक बनाउँदा ७ जित र ३ बराबरीले चेल्सी २४ अंकका साथ तेस्रो स्थानमा रहेका छन्। रोमाञ्चक रुपमा लिभरपुल र सिटीको अंक तालिकाको लुकामारी भने जारी छ।

टोटनह्यामलाई १–० ले हराउँदै पेप गार्डिवलाको सिटी पुनः शीर्ष स्थानमा पुग्यो। बलियो प्रतिद्वन्द्वी विरुद्ध रियाद महरेजले सुरुवातमा नै गरेको गोल निर्णायक बन्यो। टोटनह्यामको घरेलु मैदानमा भएको खेलमा माउरिसिओ पोकेटिनोको टिम टोटनह्यामले छैटौँ मिनेटमा नै पछि परेपछि खेलमा फर्कन सकेन।

रहिम स्ट्रर्लिङ्गको क्रसमा महरेजले आकर्षक गोल गरेका थिए। जितपछि १० खेलबाट २६ अंक जोडेको सिटी गोल अन्तरमा लिभरपुललाई पछि पार्दै शीर्ष स्थानमा पुगेको हो। सिटी लण्डन क्लबपछि लगातार पाँच खेलमा जित निकाल्ने लन्डन बाहिरको एक्लो क्लब बनेको छ। म्यानचेस्टर सिटीले १० खेलमा सर्वाधिक कम गोल खाने कीर्तिमान बनाएको छ। उसले तीन गोल मात्रै खाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed