![]()
बीबीसी । जर्मन चान्सलर एन्गेला मर्केलले कार्यकालको सकिएपछि अर्को कार्यकालको लागि नेतृत्वको दाबि नगर्ने घोषणा गरेकी छन्। राजनीतिक गठबन्धन कमजोर हुँदै गएको अवस्थामा पुनः नेतृत्वको दाबि गर्नु गलत हुने निश्कर्षकासाथ नेतृत्वबाट बाहिरिने घोषणा गरेकी हुन्।
जर्मनीलाई विगत १३ बर्षदेखि राजनीतिक नेतृत्व दिइरेकी मर्केलले आफ्नो दलको मुख्यालयमा सञ्चारकर्मीसँग भनिन्, ‘अब नयाँ अध्यायको शुरू गर्ने बेला भएको छ।’ मर्केलले नेतृत्वबाट आफ्नो विदाइसँगै क्रिश्चियन डेमोक्रेटिक यूनियनको गठबन्धनमा पनि नेतृत्वका लागि सङ्घर्ष हुनसक्ने बताउँदै गठबन्धनलाई यूरोपको विशाल अर्थतन्त्र सम्हाल्न जिम्मेवार भएर प्रस्तुत हुनेमा विश्वास व्यक्त गरिन्।
आफ्नै गठबन्धन समूहभित्रको सङ्कटबारे बाेल्दै मर्केलले गठबन्धनमा रहेको विवादका कारण सरकारबाट बाहिरिनुपर्ने अवस्था आउनु आफ्नो लागि अस्वीकार्य भएको बताइन्।
उनले जर्मनीका प्रमुख राजनीतिक दल तथा आफ्नै गठबन्धनले पनि सोचेर अघि बढ्नुपर्ने बताइन्। मर्केलले आफूले चौँथो कार्याकालको अन्त्यसँगै जर्मनीको अर्को निर्वाचनमा उम्मेदवारी नदिने साथै चान्सलरका रूपमा जनादेशलाई नवीकरण पनि नगर्ने सोमबार सञ्चारकर्मीसँगको कुराकानीमा बताइन्।


