Breaking News.... EverestOnlineKhabar
May 1, 2026

सिरिया समस्याको राजनीतिक समाधान खोज्नुपर्छ : सुरक्षा परिषद

Loading

बीबीसी । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्  सिरियाको समस्या राजनीतिकरुपमा समाधान गर्नुपर्नेमा सहमत भएको छ ।  परिषदका सबै सदस्य यस विषयमा सहमत भएको  जनाइएको छ । तर पनि राजनीतिक समाधानको मोडल कस्तो हुने र त्यसका लागि आवश्यक पर्ने नयाँ संविधान निर्माणका लागि कस्तो मस्यौदा गर्ने भन्ने बारेमा भने एकमत नभएको बताइएको छ ।

सुरक्षा परिषद्को बैठकपछि एकजना सदस्यले भनेका छन् कि सिरियाको समस्याको राजनीतिक समाधान खोज्नुपर्छ भन्नेमा त सबै सहमत छन् तर त्यो समस्या समाधानको नमूना कस्तो हुने भन्ने विषयमा भने एकमत हुनसकेको छैन ।

परिषद् बैठकमा यस विषयमा सिरियाका लागि संयुक्त राष्ट्रसंघीय विशेष प्रतिनिधि स्टेफन डि मिस्तुराले सो विषयमा जानकारी दिनुभएको हो । सो विषयमा जानकारी दिँदै उहाँले भन्नुभयो, समस्या समाधानका लागि सिरियाको सरकारसँग पनि कुराकानी भएको छ र राजनीतिकरुपमा समस्या हलगर्ने बारेमा मैले कुरा गरेको छु ।

विशेषदूत मिस्तुराले हालैमात्र सिरियाली विदेशमन्त्री वालिद मुआलिमसँग कुराकानी गर्नुभएको थियो । त्यस भेटवार्ताको बारेमा उहाँले शुक्रबार भएको सुरक्षा परिषदको बैठकमा जानकारी गराउनुभएको थियो ।

त्यो संविधान मस्यौदाका लागि सिरियाली सरकारले सरकारी प्रतिनिधि, सिरियाली विपक्षी राजनीतिक दलहरु र नागरिक समाजका तर्फबाट प्रतिनिधित्व गराइनुपर्ने मोडलमा कुराकानी गरेको विशेषदूत मिस्तुराले जानकरी दिनुभयो।

त्यस अनुसार कामगर्दा सरकार, विपक्षी दलहरु र नागरिक समाजका तर्फबाट सबैका ५० जना गरी १५० जनाको समूहले काम गर्नसक्ने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो ।

सिरियामा विगत लामो समयदेखि गृहयुद्ध जारी छ । यसका कारण लाखौँ नागरिकको ज्यान गएको छ भने अरु लाखौँ जना घरबारबिहीन भएर विदेशी भूमिमा शरणार्थीका रुपमा बसेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed